Logo

बारीमै कुहिन थाल्यो स्याउ



रुकुम, भदौ २५। रुकुम पूर्वका दुर्गम गाउँहरूमा उत्पादन भएको स्याउ बारीमै कुहिन थालेको छ । बजार पाउन नसक्दा किसानको बारीमै स्याउ कुहिन थालेको हो । जिल्लाको उत्तरी पुर्वी रुकुमको गाउँ गाउँमा उत्पादन भएको स्याउ स्याउ बगैंचामै कुहिन थालेको हो ।

विशेषगरी पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गत रन्मामैकोट, तकसेरा, कोल, राङसी र सिस्ने गाउँपालिकाका सिस्ने, जाङ र आठबिकोट नगरपालिकाको स्यालाखदीमा उत्पादित स्याउले बजार पाउन सकेको छैन ।

स्याउ बोटमै कुहिन थालेपछि व्यावसायिक खेती गरेका किसान चिन्तामा परेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण एक ठाउँबाट अर्को स्थानमा आवजजावत बन्द भएपछि स्याउको बजारीकरणमा समस्या भएको हो ।

यस्तै स्याउ उत्पादन क्षेत्रसम्म मोटरबाटो नभएको र भएको ठाउँमा पनि वर्षात्का कारण भत्किएपछि रुकुमको दुर्गम गाउँका स्याउ बोटमै कुहिन थालेको पुथाउत्तरगंगा गाउँपालिका वडा २ का किसान लजिम पुनले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्