Logo

टेलिफोन प्रयोगकर्ता घटे



काठमाडौं, भदौ २५ । पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो।

१२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले टेलिफोन प्रयोगकर्ता घटेको हो। २०७६ साउनमा टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख १ हजार ४ सय २० थिए। २०७७ असारमा उक्त संख्या ३ करोड ७८ लाख ८५ हजार ९ सय ९६ मा झरेको छ।

टेलिफोन प्रयोगकर्ता २०७६ माघदेखि घट्न थालेका हुन्। २०७६ पुससम्म टेलिफोन प्रयोगकर्ता ४ करोड ३० लाखभन्दा धेरै पुगिसकेका थिए। २०७६ माघमा ४ करोड १५ लाखमा झरेको थियो। २०७६ फागुनमा ३ करोड ८७ लाखमा झरेको थियो।

एक वर्षको अवधिमा सबैभन्दा धेरै नेपाल टेलिकम प्रयोगकर्ता घटेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्