Logo

मुख्यसचिव रेग्मीलाई राजदुत बनाएर शंकर बैरागीलाई मुख्यसचिव बनाउने पहल



काठमाडौं, २५ भाद्र । मुख्यसचिव लोकदर्शन रेग्मी सेवानिवृत्त हुन डेढ महिना बाँकी छ । उनको कार्यकाल सकिनै लाग्दा मुख्य सचिवको दौड चलेको छ । जसमा वरिष्ठ सचिवहरु सक्रिय भएका छन् ।

बलिया दाबेदारमा परराष्ट्र सचिव शंकरदास बैरागी देखिएका छन् । तर, मुख्यसचिव रेग्मीको पदावधि सकुनभन्दा १५ दिन अगावै उनी घर जानेछन् । त्यसैले रेग्मीलाई १५ दिन अगावै राजीनामा दिने वातावरण बनाउन खोजिएको छ । रेग्मीलाई राजदुत या संवैधानिक आयोगमा लानेबारे पनि छलफल भएको छ । यस्तो निर्णय अबको १५ दिनभित्र नै हुनसक्छ । त्यस अवस्थामा वैरागी मुख्यसचिव बन्ने सम्भावना बलियो हुनेछ ।

रेग्मीको चाहना राजदुत बन्ने रहेको छ । उनलाई अनुकूल हुने संवैधानिक आयोगमा पनि लानेबारे छलफल चलेको बुझिएको छ । बेलायतका लागि राजदूत बनाउनेबारे छलफल बढाइएको छ ।

यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाको आँखा अमेरिकाका लागि राजदूतमा गएको छ । विश्व बैंक देखि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग उनको निकटता रहेकै हो । राष्ट्रसंघमा पनि काम गरेकै हो । सबैको हेडक्वार्टर अमेरिकामै छन् । टाठा खतिवडा उतै गएर शक्तिको अभ्यास गर्न चाहिरहेका छन् । खतिवडालाई सल्लाहकार नियुक्तिको तयारी नभएको होइन । तर, उनले त्यसमा भन्दा राजदूतमा चासो बढाएका छन् । त्यसका लागि डा. अर्जुन कार्कीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । उनको अवधि थपिएकाले कुनैपनि बेला फिर्ता बोलाउने अवस्था बन्नसक्छ ।



प्रतिक्रिया दिनुहोस्