Logo

हामी कम्युनिस्टसँग लागेको होइन, कम्युनिस्ट हामीसँग लागेका हुन्- प्रदीप गिरी (भिडियोसहित)



काठमाडौं, २५ भाद्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले आफूहरु कम्युनिस्टसँग लागेको नभई कम्युनिस्टहरु आफूहरुसँग लागेको तर्क गरेका छन् । कम्युनिस्टहरुले काँग्रेसको एजेन्डा समेत बोक्ने वातावरण बनाउन सकेको तर्क गरेका हुन् ।

‘हामी कम्युनिस्टसँग लागेको होइन, कम्युनिस्ट हामीसँग लागेका हुन्,’ राजनीतिक चिन्तकसमेत रहेका प्रदीप गिरीले प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको अन्तवार्तामा भने, ‘नागरिक स्वतन्त्रता, आवधिक चुनाव र स्वतन्त्र न्यायालय मान्नुहोस् भन्नुभयो र अन्तमा कम्युनिस्टहरु त्यही माने । बहुदलीय व्यवस्था मान्न कम्युनिस्टहरुले मानेका हुन् अर्थात् हाम्रो कार्यक्रम मानेका हुन् ।’

गिरीले वीपी र पुष्पलालबीच कुरा भएको समेत खुलासा गरे । त्यतिबेला राजनीतिक स्वतन्त्रताविना केही होइन भनी त्यो कार्यक्रममा आउनुहोस् भन्नुभयो, गिरीले भने ।

उनले वीपीलाई कतिपय अवस्थामा दुरदर्शी भन्न समेत नमिल्ने तर्क गरे । उनले भने, ‘म प्रश्न गर्छु कि वीपी कोइरालाले जब सुन्दरीजल कारारागमा थुने हिन्दुस्थानले राजा महेन्द्रवरुद्ध सशस्त्र क्रान्ति गर्न सघाउँदैन भनी किशुनजीले बारम्बार भन्दा भन्दै मान्नुभएन ।’ त्यस बखत किशुनजी र वीपीको मतभेद पनि भएको खुलासा गरे । उनले भने, ‘किशुनजीले प्रथम दिनदेखि चुनौती दिनुभयो । उहाँलाई दुरदर्शी भन्न मिल्छ ?’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot