काठमाडौं, २५ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै नीति नै नभएको गम्भीर आरोप लगाएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘उनको कुनै नीति नै छैन् । पार्टीको सत्ता संघर्षमा को बलियो हुने ? भन्ने गोटी चालबाट, बाघचालबाट उहाँहरुले अहिलेसम्म परराष्ट्र नीति तय गरिराख्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सत्ता, पार्टीमाथिको पकड बचाउनलाई निरर्थकका विवादहरु खडा गरिराख्नुभएको छ । यहाँभन्दा बढ्दा म केही भन्न चाहँन्न ।’