Logo

अवैध रुपमा बालुवा उत्खनन गर्ने ११ सवारी साधन नियन्त्रणमा



नुवाकोट, २५ भाद्र । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलकोट गढी नगरपालिकाको चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधन बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्