Logo

ब्राउनसुगरसहित पक्राउ



कैलाली, २५ भाद्र । अवैध लागूऔषध ब्राउनसुगरसहित अभिषेक गौतमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकबाट करिब २ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँका गौतम पक्राउ परेका हुन् ।

उनकै घरमा लुकाई राखेको उक्त लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्