Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका ५ जना को को (विवरणसहित)



काठमाडौं, २५ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक महिला र चार पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमध्ये काठमाडौंका तीनजना छन् । आज समेत गरी कुल ३ सय १७ जना संक्रमित संख्या पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय २९ पुरुष र ८८ महिला छन् ।

मृतकको विवरण

१. काठमाडौंकी ५५ वर्षीया महिला
२. काठमाडौंको ५९ वर्षीय पुरुष
३. काठमाडौंको ८३ वर्षीय पुरुष
४. चितवनकी ६२ वर्षीय पुरुष
५. कपिलवस्तुका २९ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्

Screenshot