Logo

कोरोना संक्रमणबाट काठमाडौंमा ३ जनाको मृत्यु (विवरणसहित)



काठमाडौं, २५ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौंमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक महिला र दुई पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमध्ये एक वृद्ध छन् भने दुई जना ५० कटेका छन् । पछिल्लो समय काठमाडौंमा मृतक थपिने क्रम जारी छ ।

काठमाडौंमा आज समेत गरी कुल ३ सय १७ जना संक्रमित संख्या पुगेको छ । मृत्यु हुनेहरुमा दुई सय २९ पुरुष र ८८ महिला छन् । देशमा कुल संक्रमित संख्या ५० हजार नाघेको छ ।

मृतकको विवरण

१. काठमाडौंकी ५५ वर्षीया महिला
२. काठमाडौंको ५९ वर्षीय पुरुष
३. काठमाडौंको ८३ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्