Logo

निषेधाज्ञाका बेला कर्जा प्रवाहमा झीनो सुधार



काठमाडौं, भदौ २६ । विगत डेढ महीनादेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा संकुचन आए पनि निषेधाज्ञाका बेला भने न्यून सुधार देखिएको छ । स्थिर ब्याजदरको नीतिगत व्यवस्थाले कर्जा प्रवाहमा थप सुधार हुने नेपाल राष्ट्र बैंकको अपेक्षा छ ।

२७ वाणिज्य बैंकको कुल कर्जा प्रवाह साउनमा २५ अर्ब रुपैयाँले घटेको थियो । तर, भदौ १९ गते सम्ममा १९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ ।

गत असारमा केही सुधार भएको कर्जा प्रवाह साउनमा ऋणात्मक भएको नेपाल बैंकर्स संघले बताएको छ । संघका अनुसार गत असारमा थप रू ८७ अर्ब कर्जा प्रवाह हुँदा कुल प्रवाहित कर्जा रू २९ खर्ब ३ अर्ब पुगेको थियो ।

तर, साउनमा २५ अर्ब रुपैयाँले घटेर कुल कर्जा रू २८ खर्ब ७८ मा सीमित हुन पुगेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्