Logo

तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो संख्या ह्वात्तै घट्यो



वीरगञ्ज, भदौ २६ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाले नेपालको वैदेशिक व्यापार उल्लेख्य मात्रामा घटेको छ । औद्योगिक उत्पादन र दैनिक उपभोग्य वस्तुको बजार खुम्चिएपछि तेस्रो मुलुकबाट हुने आयात घटेको हो ।

कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का प्रमुख लक्ष्मण खड्काका अनुसार बन्दाबन्दीयता समुद्रपारबाट आउने कन्टेनर कार्गो २३ प्रतिशतले घटेको छ ।

चालू वर्ष २०२०र२१ को अप्रिलदेखि अगस्तसम्म भारतको कोलाकाता र विशाखापत्तनम् बन्दरगाहबाट ३१ हजार ८ सय ५१ ओटा २० फिटे कन्टेनर भित्रिएका छन् । अघिल्लो वर्ष २०१९र२० को समीक्षा अवधिमा यस्ता कन्टेनर ४१ हजार ४ सय ८६ ओटा आएका थिए ।

नेपालको समुद्रपार व्यापारको करीब ९० प्रतिशत ढुवानी भारतीय बन्दरगाहबाटै हुन्छ । सामान्यतः तेस्रो मुलुकसँगको व्यापार वर्षेनि १० देखि १५ प्रतिशत बढ्ने आयातकर्ता बताउँछन् ।

कोरोना महामारीको अवधिमा कन्टनेर संख्या उल्लेख्य परिमाणमा घटेको तथ्यांकले देखाउँछ । ‘सन् २०१९ को अगस्तमा कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा नेपालका लागि दैनिक ३ सयभन्दा बढी कन्टेनर आएका थिए । यो वर्षको समीक्षा अवधिमा यो संख्या २ सय २४ मा झरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्