Logo

यस्तो ‘चमत्कारिक’ तेजिलो वस्तु अचानक देखियो, केही मिनेटमै गायब



ललितपुर, २६ भाद्र । आज विहान ठिक ५ः ४० को समय । अचानक फाँटमा तेजिलो वस्तु उत्पत्ति भयो । यो वस्तु पहाडको फेदबाट उत्पन्न भई विस्तारै बेसीतर्फ झर्न थाल्यो ।

तेजिलो वस्तु झन् झन् ठुलो आकार लिन थाल्यो । केही समयमा धपक्कै बलेर गायब भयो । तेजिलो वस्तु महालक्ष्मी नगरपालिकाको बिष्णुडोल नजिकै देखिएको हो । खुल्ला फाँटमा केही मिनेट यसले आफ्नो अस्तित्व देखाएर गायब भयो । विहानै यस्तो वस्तु देखिएपछि देख्नेहरु आश्चर्यचकित भए ।

कतिपयले यसलाई राँके भुत भने । कतिपयले हावामा कुनै ग्याँस उत्पत्ति हुँदा बहावसँगै बलेर सरेको बताए ।

उक्त क्षेत्रमा विगतमा पनि यस्तै तेजिलो वस्तु उत्पत्ति हुने र गायब हुने गरेको छ । फेरि देखिएपछि यसबारे चासो बढेको छ ।-Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot