Logo

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर अध्यक्ष ओली निस्किए



काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेर निस्किएका हुन् । उनले आफ्नो मात्र कुरा राखेर निस्किएको बुझिएको छ । प्रचण्डलाई अध्यक्षता गर्न भनेर जानुलाई ओलीले पार्टीको जिम्मेवारी सुम्पिएकोको रुपमा लिइएको छ ।

पार्टी विवाद समाधान गर्न पनि ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएको छ । यसैलाई लागू गर्न ओलीले बैठकको अध्यक्षता प्रचण्डलाई गर्न भनी बाहिर निस्किएका हुन् ।

नेकपाभित्र आज १५ वटा एजेन्डामाथि बैठकमा छलफल हुने तय भएको छ । सदस्यहरुले लिखित सुझाव राख्ने तय भएको छ ।-Photo: PM Secretariat

 



प्रतिक्रिया दिनुहोस्

Screenshot