Logo

पिसीआर रिर्पोट उल्टोपाल्टो बनाएर झुट्टा अफवाह फैलाउने पक्राउ



कास्की, २६ भाद्र । कोभिड–१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा पर्वत घर भई पोखरा बस्ने ईश्वर रिमाल र चितवन घर भई पोखरा नयाँबजार बस्ने निरज लम्साल रहेका छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्