Logo

अत्याधुनिक शवदाह गृह निर्माणको काम थालनी



वीरगंज, २६ भदौ। कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या देखिएपछि वीरगंज महानगरपालिका–१३ स्थित श्रीरामजानकी मठ क्षेत्रभित्र अत्याधुनिक शवदाह गृह निर्माणको काम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको संयोजकत्वमा घाटको व्यवस्थापन तथा निर्माणका लागि राजकुमार दारूकाको अध्यक्षतामा १७ सदस्यीय निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

सामुदायिक आर्यघाट वीरगंज–१३ पर्सा नामाकरण गरिएको घाट निर्माण तथा व्यवस्थापन समितिको सल्लाहाकाAरमा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त रहेका छन् । कोरोना संक्रमितको शव व्यवस्थापनको लागि पटक–पटक स्थानीयवासी र प्रहरीबीच विवाद हुंदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्