Logo

जग्गाको विवादमा छुरा प्रहार



काठमाडौं, २६ भाद्र । धारिलो हतियार प्रहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । बैतडीको डिलासैनी सिमारका ओकिल रानालाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थानका हरिश राना र जनक रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ओकिल, जनक र हरिशबीच जग्गाको बिषयमा बादविवाद हुँदा हरीशले ओकिलको पेटमा छुरा प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले घटनामा संलग्न दुबैजनालाई पक्राउ गरेको जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका ओकिललाई उपचारको लागि गोकुलेश्वर अस्पताल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेल्धुरातर्फ पठाएको प्रहरीले जनाएको छ ।

यस्तै तेह्रथुमको लालिगुँरास नगरपालिका लसुनेका सल बहादुर तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा उनकै दाइ राम बहादुर तामाङ बिहीबार बेलुका पक्राउ परेका छन् ।

आफ्नै घरमा आएका भाइलाई मादक पदार्थ सेवन गरेका राम बहादुरले घरायसी बिबादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको सुचना प्राप्त हुनासाथ प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरी सहित पक्राउ गरेको बतएको छ । राम बहादुर समेत घुँडामा चोट लागेर घाइते भएकाले दुबै जनालाई उपचारको लागि घरान घोपातर्फ लगेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्