Logo

भरुवा बन्दुक बरामद



सिरहा, २६ भाद्र । प्रहरीले भरुवा बन्दुक एक थान बरामद गरेको छ । गोलबजार नगरपालिका स्थित कमलदह जाने बाटोबाट भरुवा बन्दुक १ थान बिहीवार साँझ प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ भरुवा बन्दुक बोकी हिँडीरहेका व्यक्ति फालेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्