Logo

नेकपा नेता लिलबहादुर थापालाई मातृशोक



काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य लिलबहादुर थापालाई मातृशोक परेको छ । उनकी ८८ वर्षीया आमा भद्रकली थापाको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत भद्रकलीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । उनले परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot