Logo

काठमाडौंमा एकैदिन ६९६ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २६ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय  ५४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६९६  सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १० हजार  ७ सय    १ जनाको पिसीआर परिक्षणमा १४ सय  ५४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ९७२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३६  हजार  ६ सय ७२  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६२०  जना र ललितपुरका ३८ जना र भक्तपुरका ३८  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५१ हजार  ९ सय १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्