Logo

बलिउड इतिहासकै महंगो फिल्म ‘टाइगर ३’ मा सलमानको पारिश्रमिक कति



एजेन्सी, २६ भाद्र । बलिउड सुपरस्टार सलमान खानका दर्शकहरुले उत्साहका साथ उनको नयाँ फिल्मको पर्खाइमा छन् । बक्स अफिसमा सलमान खानका फिल्महरु भव्य रुपमा प्रदर्शन भइरहेका छन् । हाल भने सलमान खान सुपरहिट सिरीज ‘टाइगर ३’ फिल्मको चर्चामा छन् ।

‘टाइगर ३’मा सलमान खान र कैटरीना कैफको जोडी देखिनेछ । हालसम्म यशराज फिल्मले यो घोषणा भने गरेको छैन् । तर टाइगरको सीरिजको फिल्म ‘टाइगर ३’ बम्पर बजेटमा बन्नेछ, यो फिल्म बलिउड इतिहासकै सबैभन्दा धेरै बजेटको फिल्म हुनेछ ।

टाइगर सीरिजको पहिलो दुई फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । एक रिर्पोटका अनुसार ‘टाइगर ३’ को प्रोडक्सन लागत २००–२२५ करोड रुपैयाँसम्म हुनेछ जुन बजेट हिन्दी फिल्मको सबैभन्दा ठुलो प्रोडक्सन लागत हो । यस फिल्ममा छपाई र पब्लिसिटीमा करीब २० देखि २५ करोड खर्च हुनेछ ।

एक जानकारीका अनुसार ‘टाइगर ३’ मा फि को रुपमा सलमान खानले १०० करोड रुपैयाँ लिने र यसको साथै फिल्मको मुनाफा पनि लिनेछन् । ‘टाइगर ३’ ६ देखि ७ देशमा एक अन्र्तराष्ट्रिय स्टन्ट टिमको साथमा विश्वभर शुट हुनेछ ।

सलमान खानले लकडाउन पछि अक्टुबरमा ‘राधेः योर मोस्ट वान्टेड भाई’ को सुर्टिङ गर्नेछन् । अक्टुबरमा नै रियालिटी शो को पनि सुर्टिङ सकेर मुम्बईको एक स्टुडियोमा फिल्मको शुट समेत गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्