Logo

रिया चक्रवर्तीको दास्रो जमानतको मुद्दा खारेज



एजेन्सी, २६ भाद्र । मुम्बईको एक अदालतले शुक्रवार रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीसमेतको जमानत मुद्दा खारेज गरेको छ । जमानत मुद्दा खारेज भएपछि रिया २२ सेप्टेम्बरसम्म जेलमा बस्नु पर्नेछ । रिया र शोविकलाई मादक पदार्थ नियन्त्रण ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको हो ।

एनसीबीले बिहीबार रियाले हालेको जमानत मुद्दाको कडा बिरोध गर्दै प्रतिबन्धित मादक पदार्थको मात्रा कम भएपनि वाणिज्यिक मात्रा निकै भएको र १ लाख ८५ हजार २ सय रुपैयाँको भएको बताएको छ ।

वकील सतीश मानशिन्देद्धारा दायर जमानत मुद्दामा रियालाई एनसीबीले ३ दिन लगातार सोधपुछ गरेपछि बाध्यताले स्विकार गर्नु परेको बताइएको छ । सुशान्तका पक्षले रियाले पैसा दिएर लागुऔषध खरिद गर्न लगाएको स्विकार गरेको बताइरहेको छ ।

अभिनेता सुशान्त सिंह को मृत्युको विषयमा एनसीबी, प्रवर्तन निदेशालय(इडी) र केन्द्रिय अनुसन्धान ब्युरोले विभिन्न दुष्टिकोणबाट अनुसन्धान गरिरहेको छ । १४ जुनमा सुशान्त बान्द्रास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्