Logo

निजी अस्पतालका चिकित्सकहरुको आन्दोलन स्थगित



वीरगंज, २६ भदौ । वीरगंजका निजी अस्पतालमा कार्यरत चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ । वीरगंजका दुई दर्जन निजी अस्पतालमा कार्यरत १५० जना एमबिबिएस चिकित्सकहरुले विभिन्न ५ सूत्रीय माग राखेर भदौ १ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए ।

मासिक रु ६५ हजार तलबभत्ता, २५ लाखको स्वास्थ्य बीमा, चिकित्सकहरूलाई क्वारेन्टाइन, आइसोलेशनलगायतको माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुको पाँच बुँदे मागमा सहमति जुटेपछि उनीहरुले आन्दोलन स्थगित गरेको एकजना चिकित्सकले बताए ।



प्रतिक्रिया दिनुहोस्