Logo

दुई छाक जोर्न नसकेपछि दलित युवकद्वारा आत्महत्या



वीरगंज, २६ भदौ ।  वीरगंजमा लामो समयसम्मको निषेधाज्ञाका कारण दुई छाक जोर्न नसकेपछि एकजना दलित युवकले आत्महत्या गरेका छन् । वीरगंज महानगरपालिका–३१ बेलवाका ३० वर्षीय सतन माझीले बिहीवार राति विष सेवन गरेका थिए ।

विष सेवनपछि परिवारजनले उनलाई उपचारको लागि नेपाल इन्डो अस्पताल वीरगंजमा पु¥याएका थिए ।  लकडाउन र निषेधाज्ञाका कारण रोजगारी गुमाएका माझीको दुई ससाना छोराछोरी, एक पत्नी र आमा छन् । लकडाउनको कारण दुई छाक खानाको जोहो गर्न नसकेपछि तनावमा उनले विष सेवन गरेको मृतकका परिवारजनले बताए ।

शुक्रवार नेपाल इन्डो अस्पतालले रु ९ हजारभन्दा बढीको बिल परिवारजनलाई थमाएपछि सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव दिलीप प्रधानको पहलमा शुल्क माफी गरिएको थियो । दुई छाक जोर्न नसक्ने दलित परिवारले ९ हजार शुल्क कसरी तिर्न सक्छन् भन्दै सचिव प्रधानको पहलमा अस्पतालले बिल मिनाहा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot