Logo

कलियुगमा धेरै मानिस विवाह नगरी बस्ने



एक सभ्य समजमा सबैभन्दा घातक प्रचलन चलेको छ ‘लिविङ टुगेदर’ । पछिल्लो समयमा यसलाई त धेरै देशमा कानुनी मान्यता पनि दिएको छ । लिविङ टुगेदरमा यस्तो व्यवस्था छ जसमा दूई जना विवाह नगरी सँगै बस्छन् र एक पति पत्नीको जस्तै गरेर शारीरीक सम्बन्ध राख्छन् । पछि इच्छा भएमा विवाह गर्छन् अन्यथा छुट्टिएर बस्छन् ।

अन्धकार समयमा विवाह जस्तो कुनै सस्कार थिएन् । कोही पुरुषले कुनै पनि स्त्रिसँग शारीरीक सम्बन्ध राखेर सन्तान उत्पादन गर्थे । नाता सम्बन्ध र समाजको कुनै व्यवस्था नभएकोले मानवहरुले जंगली नियमको पालना गर्थे । पिताको ज्ञान भएपछि मातृपक्षलाई नै प्रधानता दिएर सन्तानको परिचय आमाबाट दिएका थिए ।

श्रीमद्धागवत पुराणमा यस्तो अवस्था आउने पहिले ने भविष्यवाणी गरीएको थियो ।

पुराणमा कलियुगमा पुरुष र स्त्री विवाह नगरी केवल एक अर्काको रुचिअनुसार सँगै बस्नेछन् । व्यापारको सफलता छलमा निर्भर गर्नेछ । कलियुगमा ब्राह्मणले एउटा धागो लगाएर आफु ब्राह्मण हु भन्दै दावा गर्नेछन् ।

कलियुगमा जो सँग धन छैन उ अधर्मी, अपवित्र र बेकार मानिनेछ । विवाह मात्र दुई मानिसकोबीचमा एक सम्झौता हुनेछ । मानिसहरु स्नान गरेर अन्र्तआत्मा शुद्ध गरेको महसुस गर्नेछन् ।

कुलनाशक विवाहः विवाह गरेको एक पत्नी व्रत धारण गर्ने सभ्य मानवको निशानी हो । यस प्रथाले हजुरबुवा, ससुरा वा कुल खानदानलाई तार्छन् । तर जो पुरुष वा स्त्रि कुनै धार्मिक रितीले विवाह नगरी तथाकथित आपसी माध्यमले सम्बन्ध राख्छ उनीहरुको व्यक्तित्व र जीवनलाई कुलनाशक विवाह भन्न सकिन्छ । वर्तमान समयमा केहि मानिसहरु लिविङ टुगेदरमा रहेर समाजलाई दुषित बनाइरहेका छन् । जसको कारण विवाह जस्तो पवित्र सस्थालाई नाश गर्दैछन् । यसरी विवाह नगरी शारीरीक सम्बन्ध राखेमा समाजको पतन, अपराध, हत्या, आत्महत्या आदी स्वभाविक रुपमा बृद्धि हुन्छ । यस प्रकारको विवाहले कुलनाश र देशलाई पतन गर्नमा महत्वपुर्ण भुमिका निभाउँछ ।

मनमानी रीतिबाट विवाहः विधिवत वैदिक हिन्दु रीतिबाट विवाह गरेमा मंगलदोष जस्ता दोषहरु पनि नष्ट हुन्छन् । यदि मुर्हत, समयको ख्याल नगरी गरेको विवाहको पनि दुष्परिणाम पनि स्वतः आफैले भोग्नु पर्छ ।

हिन्दु धर्ममा विवाह एक सस्कार नभएर पुर्णत एक वैज्ञानिक पद्धति हो । जसले व्यक्तिको जीवनलाई निश्चित दिशा दिई अगाढी बढाउन मद्दत गर्छ । हिन्दु धर्ममा विवाह सम्झौता होइन यो त सबै बुझेर ज्योतिषीय आधारमा तय गरिएको एक आत्मिक नाता सम्बन्ध हो । धार्मिक कथा अनुसार



प्रतिक्रिया दिनुहोस्

Screenshot