Logo

चारवटा पसललाई ७० हजार जरिवाना



वीरगंज, २६ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले चारवटा पसललाई कारबाइ गर्दै ७० हजार जरिवाना तोकेको छ । शुक्रवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले वीरगंजका पसल अनुगमन गर्ने क्रममा चारवटा पसललाई रु ७० हजार जरिवाना तोकेको हो ।

वीरगंजको शान्ति जनरल स्टोर्सलाई रु ५० हजार, खेमीसति जेनरल स्टोर्सलाई रु १० हजार, श्याम कोल्ड स्टोरलाई रु ५ हजार र तारा कस्मेटिक जेनरल स्टोरलाई रु ५ हजार जरिवाना तोकेको हो । कारबाई गरिएका उक्त पसलहरुले मूल्य सूची नराखेको, खरीद बिल उपलब्ध नगराएको, म्याद गुज्रेका सामान सञ्चित गरेको कसूरमा कारबाई गरिएको जिल्ला प्रशासन कार्यलय, पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot