Logo

भक्तपुरमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या



काठमाडौं, २६ भाद्र । भक्तपुरमा एकै परिवारको तीनजनाको हत्या भएको छ । मध्यपुर थिमी नगरपालिकाको निकोसेरामा दम्पत्ति र एक छोराको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

घटनामा ३६ वर्षीय सुदिप अधिकारी, उनकी पत्नी ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट केही दिन अघि हत्या भएको निष्कर्ष निकालेको छ । घटनामा संलग्नबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।

घरको कुकुरको समेत हत्या भएको भेटिएको थियो । धेरै दिनपछि सम्पर्क हुन नसकेपछि मृतकका आफन्त पुगेका थिए । घरमा पुग्दा परिवारका सबै सदस्य र कुकुर मृत फेला परेका थिए । घरका तीनवटा तल्लामा तीनजनाको शव छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार सम्झना र कुकुरको शव दोस्रो, सुशान्तको शव तेस्रो र सुदिप अधिकारीको शव चौंथो तल्लामा फेला परेको थियो । कुकुरसहित परिवारका सबै सदस्यको शव भेटिएपछि योजनावद्ध तरिकाले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot