Logo

पहिरोले अवरुद्ध नारायणगढमुग्लिन सडक सञ्चालनमा आयो



चितवन, २७ भाद्र । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक भर्खरैबाट सञ्चालनमा आएको छ । शुक्रबार विहान ८ चितवनको इच्छाकामना–६ चारकिलो नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो खसेपछि प्रहरी सडक डिभिजन कार्यालयको सहयोगमा पहिरो पन्छाएर एकतर्फी बाटो खुला गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले भन्नु भयो विहान खसेको पहिरो पन्छाएर १० बजे एकतर्फी खुला गरिएको थियो । शुक्रबार दिउसो ३ः४० बाट दुइ तर्फि यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो ।

रातिदेखि परेको वर्षाको कारण मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । दुइदिन अगाडि मात्रै सोही सडक खण्डको भतेरीमा पहिरो खसेर केही घण्टा सडक अवरुद्ध भएको खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot