Logo

डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुले



वीरगन्ज, भदौ २७ । डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले ।

कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए ।

बजारका पसल सबै खुले पनि त्यसको सुरक्षा सतर्कता भने व्यापारी आफंैले अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पसल खोल्ने सयय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

तरकारी पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाइने
सागसब्जी र तरकारीका पसल भने हरेक दिन बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख गरिएको छ ।

अरूखाद्यान्न, लत्ता कपडा, हार्डवेयरलगायत सबै प्रकारका पसल भने बिहान ११ बजेबाट साँझ ४ बजेसम्म मात्र खोल्न मिल्ने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको पत्रमा उल्लेख छ ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot