काठमाडौं, २७ भदौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले कोरोनाको महामारी आगामी तीन वर्षसम्म रहने भएकोले सबैले आफ्नो दैनिकीमा सुधार गर्नुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. देवकोटाले यस्तो बताएका हुन् । कोरोना कुन उमेर समूहलाई लाग्छ ? भन्ने प्रश्नमा उनले भने,‘कोरोना सबै उमेर समूहकालाई लाग्छ । तर, यसको गम्भीर संक्रमण चाहीँ ६५ वर्ष कटेकालाई हुन्छ ।’ डा. देवकोटाले कोरोना भाइरस चीनको वुहानबाट उत्पति भएपनि नेपालमा भारतबाट भाईरस भित्रिएको बताए ।