Logo

घरजग्गा र पूर्वाधारमा लगानी बढाउँदै जीवन बीमा कम्पनीहरू



काठमाडौं, भदौ २८। बीमा कम्पनीहरूलाई घरजग्गा व्यवसाय तथा पूर्वाधारमा पनि लगानी गर्न पाउने व्यवस्था गरिएसँगै जीवन बीमा कम्पनीहरूले त्यस्ता क्षेत्रमा लगानी गर्न थालेका छन् ।

बीमा समितिले ‘बीमकको लगानी निर्देशिका, २०७५’ जारी गर्दै कम्पनीहरूलाई घरजग्गा व्यवसाय तथा कृषि, पर्यटन र जलस्रोतजस्ता पूर्वाधारको निर्माणमा ऋण वा पूँजी लगानी गर्न पाउने गरी नयाँ व्यवस्था लागू गरेको थियो । त्यसपछि कम्पनीहरू घरजग्गा तथा पूर्वाधारमा ऋण तथा पूँजी लगानी गर्न थालेका हुन् ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन् । उनीहरूले गत आर्थिक वर्ष ९आव० को अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेपलगायत क्षेत्रमा रू। २ खर्ब ८४ अर्ब ६७ करोड लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले जीवन बीमा कोषलगायत विभिन्न कोषमा हुने रकमलाई तोकिएको क्षेत्रमा लगानी गर्न सक्छन् । यद्यपि, उनीहरूले तत्काल भुक्तानी दिन पुग्ने रकम भने राख्नुपर्छ ।

बीमा समितिको तथ्यांकअनुसार गत असारसम्म जीवन बीमा कम्पनीहरूले घरजग्गा व्यवसायमा रू ३६ करोड २४ लाख लगानी गरेका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्