Logo

दाइ पद्म ज्योतिले अस्पतालको पानीको पाइपसम्म काटिदिएको भाइ रुप ज्योतिको गुनासो



काठमाडौं, २८ भाद्र । नेपालको प्रतिष्ठित अर्बपति व्यावसायिक घराना ज्योति परिवारभित्रको विवादमा भाइ रुप ज्योतिमाथि दाइ पद्म ज्योतिबाट बढी नै ज्यादति भएको तथ्यहरूले देखाएका छन्।

‘ग्य्राण्डी सिटी हस्पिटलमा आउने पानीको पाइपसम्म काटिदिनुभयो, तैपनि आगामी १४ वर्षसम्म पुग्नेगरी त्यस क्षेत्रको उहाँको भागको घरभाडा जम्मा गरिसकें, यसका बाबजुद उहाँ मैले जबरजस्ती हस्पिटल हडपें भनेर मिडियावाजी गरिरहनुभएको छ’ रुपज्योतिले नेपाल समाचारपत्रलाई भन्नुभयो– उहाँले आफू बसेको अफिस छोडेर ल यहाँ अस्पताल चलाऊ भन्नुएअनुसार मैले काम गरेको हुँ, अब यतिखेर जबरजस्ती हडपेको भनेर आरोप लगाउने १

भाइ रुप ज्योतिको विश्लेषणमा ग्य्राण्डी सिटी हस्पिटलबाट दाइ पद्म ज्योतिले जति लाभ होला भन्ने सोच्नुभएको थियो, त्यो भएन। बहत्तर सालको महाभूकम्पले क्षति पु¥याएपछि रेक्टोफिटिङमा खर्च भयो, अहिले मासिक २०–३० लाखको नोक्सान छ।

‘२४ बेडको सानो तर बाहिरको हावासमेत प्रशोधन गरेर भित्र पठाउने गरी अत्याधुनिक सुविधासम्पन्न किसिमले बनाइएको यस हस्पिटलले निकै कमायो भन्ने दाइलाई भ्रम भएको हुनसक्छ, तर सबै पारदर्शी छ, उहाँले ममाथि यस प्रकारको आरोप लगाउनु दुखद कुरा हो’ रुप ज्योतिले भन्नुभयो– हस्पिटलको नोक्सान बहन नगर्ने भए, दाइ हो, म सहुँला, तर यसरी खेद्नु त भएन नि १

विगत करिब तीन महिनादेखि चरम उत्कर्षमा पुगेको झगडामा थप बल पुग्नेगरी बुधबार ज्योति ग्रुपका पूर्वअध्यक्ष पद्म ज्योतिले सार्वजनिक सूचना जारी गरेर आफ्ना कमजोरी आफैले उदांग पार्नुभएको छ। पद्म ज्योतिको आरोप छ, ‘रूप ज्योतिले सञ्चालन गरेको ग्राण्डी सिटी हस्पिटलमा आफ्नो पनि केही खण्ड स्वामित्व रहेको र त्यो खण्ड भाइ रूप ज्योतिले बलजफ्ती हडपेका छन्। उनले बहालसम्म तिरेका छैनन्।’

‘दाइको खातामा महिनैपिच्छे बहाल जम्मा भएको छ, हामीसँग प्रमाण छ, त्यसमाथि पारिवारिक मामिला हो भनेर मैले आगामी १४ वर्षसम्मलाई पुग्ने भाडा जम्मा गरिसकेको छु, एकै परिवारभित्र जसको खातामा रकम जम्मा गरे पनि के भयो र भन्ने सोचें, तर मैमाथि यो आरोप १’ रुप ज्योतिले दुख व्यक्त गर्नुभयो।

भाइ रुप ज्योतिले विवादको जरो खुलासा गर्नुभयो, ‘मलाई भागवण्डा दिनुपर्छ भनेर उहाँले ज्योति ग्रुपको अध्यक्ष बन्ने क्रममा आफ्ना छोरा सौरभ र सुहृदलाई लगाएर मनपरी रूपमा जग्गा बिक्री गर्ने, नामसारी गरेर जग्गा लुकाउने गरेपछि मैले आपत्ति जनाएँ, सञ्चालक समितिले बहुमतबाट अध्यक्ष परिवर्तन ग¥यो, त्यो रिस ममाथि साधिरहनुभएको छ। दाइले गल्ती गरेकाले नै हामी सबै परिवारले दाइलाई अध्यक्षबाट निकालेका हौं।’

रुप ज्योति हाल ज्योति ग्रुपका अध्यक्ष हुनुहुन्छ। ज्योति ग्रुपमा तीन दाजु–बहिनी पद्म ज्योति, रूप ज्योति र कमला कंसारकार सञ्चालक हुनुहुन्छ। सञ्चालक समितिको बहुमतले अध्यक्ष परिवर्तन गरेको हो। कानुनी उपचार हुँदाहुँदै पनि दाइ आफूमाथि निरन्तर जाइलागेको आरोप रूप ज्योतिको छ। यो खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्