Logo

९४२ जनामा एक जना संक्रमित



काठमाडौं, भदौ २८ । प्रत्येक ९ सय ४२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुँदै आएको छ ।

पछिल्लो एक सातामा ७३ हजार ८ सय ९४ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा ७ हजार ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा ९ सय ४२ जनाको आरटी–पीसीआर प्रविधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको पुष्टि हुन्छ ।

केही दिनयता परीक्षणदर घटेको छ । गत १४ भदौदेखि २० भदौसम्म एक साताको अवधिलाई आधार मान्दा दैनिक १० हजार ८ सय २ जनाको कोरोना परीक्षण हुने गरेको थियो ।

तर, पछिल्लो एक साता (आइतबारदेखि शनिबारसम्म) मा दैनिक १० हजार ५ सय ५६ जनाको कोरोना परीक्षण हुँदै आएको छ । जसमा एक साताकै अवधिमा दैनिक १ हजार १ सय २० जनामा संक्रमण देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्