कैलाली, भदौ २८ । दिनेश सञ्चार गृहका पत्रकारमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छैन् । प्रहरीमा जाहेरी दर्ता गरेको दुई दिन बित्दासमेत प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गर्न चासो नदेखाएको सञ्चार गृहले जनाएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता गरिएको थियो। तर, कैलाली प्रहरीले भने उनीहरुलाई अझै पक्राउ गरेको छैन्।