काठमाडौं, २८ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले एमसीसीका कतिपय प्रावधानहरु नेपालको राष्ट्रिय हितभन्दा विपरित भएकोले त्यसलाई संशोधन गरेरमात्रै पारित गरिने स्पष्ट पारेका छन् । उनले भने,‘त्यसो भएको हुनाले त्यसलाई संशोधन र परिमार्जन गर्नुपर्छ । यो कुरा अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।’ शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।