Logo

ज्यामरुङमा व्यवसायिक अलैंची खेतीमा बढ्दो आकर्षण



काठमाडौं, २८ भदौ । नेपाल एग्रो फर्म हाउस निलकण्ठ नगरपालिका वडा नम्बर–११ धादिङ ज्यामरुङको ब्यबसायिक अलैंची खेतीतर्फ किसानहरु आकर्षित भएका छन । राजधानी काठमाडौंबाट ४ घण्टाको दुरिमा सहजै पुग्न सकिन्छ, नेपाल एग्रो फर्म हाउस । जहाँ व्यवसायिक रुपमा बिगत ४ बर्ष अगाडिदेखि उक्त फर्म हाउसले अलैंची खेती गर्ने उदेश्यले २५० रोपनी भन्दा बढी जग्गा सम्झौता गरी ब्यबसायिक रुपमा अलैंची खेतीको सुरुवात गरिएको उक्त फर्म हाउसका प्रबास प्रतिनिधी प्रदिप धमलाले जानकारी दिए ।

यसैगरी भिरालो, सेपिलो र पानीका प्रयाप्त स्रोत भएका जग्गाहरु नै ब्यबसायिक अलैंची खेतिले प्रथामिकतामा राखिएको उक्त फर्म हाउसको दाबी रहेको छ । अहिले ज्यामरुङका मुख्य फाँटहरु जस्तै, जुँडिखेत, दशाखन्ना, पारिखन्ना, बिशमुरे गैरी, कदमगैरी, कान्ले, सुङ्गुरे, अर्चले लगायतका फाँटहरुमा ब्यबसायिक अलैंची खेतिको राम्रै बगैंचा निर्माण भैसकेको छ ।

व्यवसायिक खेती प्रणालीलाई आत्मनिर्भर बनाई समूदायका सयौं बिदेशीएका युवाहरुलाई स्वदेशमा नै आत्मनिर्भर बनाउन फर्म हाउसका प्रबास प्रतिनिधि धमला जोड दिन्छन्। अहिले उक्त ब्यबसायिक खेतिले समुदायका १० जनाभन्दा बढिलाई रोजगार दिदै आईरहेको छ भने आफ्नो श्रम र सीप समुदायमा नै प्रयोग गर्न पाउँदा युवाहरु दंग छन। र नेपाल एग्रो फर्म हाउसले आगामी दिनमा अन्य जग्गाहरु पनि प्रयोगमामा लिएर बिदेशीएका युवाहरुलाई स्वदेशमा नै रोजगारको सिर्जना गर्ने मा विश्वस्त रहन आग्रह गर्दछ । अब छिट्टै नै आफ्नो जन्मभुमिमा फर्केर आफ्नो व्यवसायलाई अझ नयाँ आयाम दिनेमा धमला ढुक्क छन् ।



प्रतिक्रिया दिनुहोस्