Logo

१० जना जुवाडे पक्राउ



काठमाडौं, २८ भाद्र । तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । दमक बेलडागीका मनु गुरुङको घरमा तास खेलिरहेका ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउका प्रकाश राई, नरेश दाहाल, कुमार तामाङ, बिर्ख मान राई र शन्तबीर तामाङ रहेका छन् । तास खेलिरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १ लाख ५७ हजार रुपैयाँ र १ बुङ तास सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्ते घोराही पाठकचोकका याम बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा राजेन्द्र केसी लगायत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ३ गड्डी तास र ३० हजार ३ सय ९५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्