Logo

कंगना रनौट लागूऔषध दुव्र्यसनी !



एजेन्सी, २८ भाद्र । सुशान्त सिंह राजपुतको निधनपछि कंगना रनौट लगातार भाइरल भइरहेकी छिन् । उनले लगातार बयान दिदै आएकी छिन् । हाल कुनै समयमा आफु ड्रग एडिक्ट भएको खुलाशा गरेकी छिन् । कंगना र शिवसेनाकोबीचमा भनाभन चलिरहेको छ । यसक्रममा कंगनालाई ड्रग लिएको आरोप पनि लागेको छ, उनको विरुद्ध महाराष्ट सरकारले अनुसन्धान गर्न आदेश दिएको छ ।

कंगनामाथि एक पुरानो अन्र्तर्वाताको ड्रग लिंकको आधारमा मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । यसैक्रममा भाइरल भएको पुरानो भिडियोमा कंगनालाई एक पटक ड्रगको लत लागेको थियो । उक्त भिडियोमा कंगनाले ‘घरबाट भागे त्यसको एक दुई वर्षमा फिल्मको स्टार बने, त्यतिबेला एक ड्रग एडिक्ट थिए । मेरो जिन्दगीमा यति धेरै कान्ड चलेको थियो त्यतिबेला मलाई धेरै खतरा थियो । यी सबै टिनएजमा भएका थिए ।’

कंगनाले यो भिडियो मार्चमा आफ्नो इन्स्टाग्रामको अकाउन्टमा पोस्ट गरेकी थिइन् । कंगनाको यो भिडियोबाट स्पष्ट हुन्छ कि करियरको सुरुवाती दिनमा उनलाई नशाको आदत थियो । उनको यो भिडियोलाई सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्