Logo

निर्माता बन्दै करिश्मा कपुर



एजेन्सी, २८ भाद्र । बलिउड अभिनेत्री करिश्मा कपुर केही सुपरहिट फिल्ममा काम गरेकी थिइन् तर पछिल्लो धेरै वर्षदेखि भने उनी फिल्म क्षेत्रबाट टाढा छिन् । अब भने करिश्मा कपुर चाडै नै फिल्ममा कमब्याक गर्दै छिन् । एकता कपुरको वेब शो ‘मेंटलहुड’बाट आफ्नो डिजीटलमा डेब्यु गरेकी थिइन्, जुन अपेक्षा अनुसार सफल भएन् ।

पछिल्लो खबर अनुसार करिश्मा निर्माता बन्ने तयारी गरिरहेकी छिन् । उनले ओटिटी प्लेटफर्मको लागि ओरिजिनल कन्टेन्टमा फिल्म निर्माण गर्ने भएको बुझिएको छ । करिश्मा कपुरको परिवारले फिल्म निर्माण गर्न बारेमा गम्भीर रुपमा सोचिरहेको छ । सायद करिश्मा बहिनी करिना कपुरसँग सह– निर्माताको रुपमा पनि हुन सक्छिन् । तर अहिलेसम्म यो योजना स्टेजमा छ ।



प्रतिक्रिया दिनुहोस्