Logo

एकै गोत्रमा किन विवाह गर्नु हुँदैन



विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ । हिन्दु धर्ममा प्रायः मानिसहरु एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन् । आज हामी एउटै गोत्रमा विवाह गर्न नहुने मान्यताको बारेमा चर्चा गर्छौ ।

शास्त्र अनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्धाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन् । यदि कोही व्यक्ति भारद्धाज गोत्र भएमा उसको पिढी ऋषि भारद्धाजसँग सम्बन्धित हुन्छन् अर्थात ती व्यक्ति भारद्धाज ऋषिका सन्तान हुन् ।

यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मुलका र एकै कुल वंशका हुन् । दुवैबीच पारिवारिक नाता हुन्छ । उस्तो एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाई बहिनी हुन्छन् । एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरुले जीवनमा केही समस्याको सामना गनुपर्छ । विवाह पछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ । यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि भन्छ ।

विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ । भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लािग आफ्नो वंश वा गोत्र भन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ ।

मानिसहरु सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफु कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ । दोस्रो आमाको गोत्र (मामाघरको) र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनु पर्छ । सदियौदेखि आजसम्म हिन्दुधर्ममा यी रितीको पालन गरीरहेका छौ, जसलाई विज्ञानको दृष्टिले पनि सही मानेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot