Logo

जगदम्बा बदमासी स्वीकार गर्न बाध्य: गुणस्तर विभागले छड बिक्रीमा लगायो रोक



काठमाडौं, २९ भाद्र । फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा गु्रपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले यस प्रकारको प्रतिक्रिया दिएको विभाग स्रोतले उल्लेख गरेको छ ।

‘कालोबजारी गर्छ र स्वीकार्छ, कमसल डन्डी पटक–पटक बिक्री गर्छ र गल्ती भयो भन्छ’, एक स्वतन्त्र बजार विश्लेषकले नेपाल समाचारपत्रलाई भने– ‘यस्ता व्यापारीमाथि नेपालमा कुनै कारबाही हुँदैन, सबै पैसामा बिकेका छन्, सायद शंकर गु्रप यही विश्वासका साथ निरन्तर उपभोक्तामाथि खेलबाड गरिरहेको छ ।’

व्यावसायिक घराना शंकर ग्रुप देशमा कोरोनाको महामारी चलेका बेला स्वास्थ्य उपकरण कालोबजारी गरेको प्रमाणित भएदेखि नै खराब व्यवसायीका रुपमा बदनाम हुनपुगेको छ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा पक्राउ परी धरौटीमा छुटेलगत्तै कमसल निर्माण सामग्री उत्पादन गरेको आरोपमा कारबाहीमा परेपछि खराब व्यवसायीको बदनामी बोक्न यो समूह बाध्य भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्