Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, २९ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेस साह छन् । रौतहटमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका कर्कचकर्मैयाका साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोनारले भदौ २२ गते ती बालिकालाई जवरजस्ती करणी गरेकोे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

त्यस्तै सुनसरीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी बस्ने भोजपुर दोभान गाउँपालिका घर भएका प्रतिक राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । राईले मंगलबार ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्