Logo

गाँजासहित पक्राउ



काठमाडौं, २९ भाद्र । अवैध लागूऔषध गाँजासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बाग्मतीबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउकाँ मिलन सिंह ठकुरी र राज कुमार ठकुरी रहेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले मिलनको घरबाट करिब १ किलो ७ सय ग्राम गाँजा र राज कुमारको घरमा करिब ८ सय ग्राम गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै झापा गाउँपालिका राजाबस्तीबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ आइतबार साँझ प्रहरीले बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा मे.११ प ८०७५ र मे.२ प ७९४ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरु मोटरसाइकल र उक्त पदार्थ छोडेर फरार भएका थिए । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्