Logo

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको विदाई भेट



काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत मजर जाभेदबीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे । उनले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुइदेशका संसदबीचको सहकार्य र थाँती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदुत जाभेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गरेका थिए ।

उनले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे । तस्विर : श्रीधर न्यौपाने/प्रेस विज्ञ

 



प्रतिक्रिया दिनुहोस्