Logo

राणा र लोहनीलाई कमल थापाको सुझाव : मतभेद र चित्त नबुझेका कुरा सार्वजनिक बहसको विषय नबनाऔं



काठमाडौं, ३० भदौ । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीभित्रको मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुँग्याउन सकिने धारणा राखेका छन् । धर्म, संस्कृतिविरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको पनि थापाले औंल्याएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् । उनले लेखेका छन्,‘धर्म/संस्कृति बिरुद्धको आक्रमण,ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको छ।यही आवश्यकता पुरागर्न राप्रपाको एकता भएको हो।मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ,सार्वजनिक बहसको बिषय नबनाऔॅ” @PashupatiShams @PCLohani

“डा.प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ,त्यो पार्टी एकताको भावना विपरित छ‌।एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।”



प्रतिक्रिया दिनुहोस्