Logo

ज्योतिषको अनुसार यी बानीले हानी हुने



मानिसमा राम्रो आदत थोरै हुन्छन् । हाम्रो जीवन सुरक्षित र सुन्दर बनाउन राम्रा आदतलाई अपनाउनु पर्छ । नराम्रो आदतले हाम्रो जीवन नराम्रो बनाइदिन्छ । आउनुहोस् ज्योतिषको अनुसार नराम्रो आदत के के हुन् त्यसको बारेमा जानकारी लिऔं–

जताततै थुक्नु हुँदैनः यदि तपाइँको जताततै थुक्ने बानी छ भने प्रसिद्धि, सम्मान र प्रतिष्ठा लामो समय टिक्दैन । यश गएमा धन पनि जान्छ । यसरी थुक्ने बानीबाट बुध र सुर्यले खराब प्रभाव पार्न सुरु गर्छ ।

जुठो थालः कसैको बानी थालमा खाएर त्यहि थालमा चुठेर जाने बानी हुन्छ । यो शास्त्र विरुद्ध कर्म हो । यस्ता मानिसको जीवनमा सफलताको लागि संघर्ष धेरै गर्नुपर्छ र उसको घरमा शान्ति हुँदैन र मानसिक अशान्ती बढ्छ । यो आदतले चन्द्र र शनि खराब हुन्छ ।

पाहुनालाई पानी नपिलाउनेः कयौ मानिसहरुले घरमा आएका पाहुनालाई पानीसम्म सोध्दैनन् । पाहुना होस् वा काम गर्ने कोही व्यक्ति सबैलाई स्वच्छ पानी पिलाउनु पर्छ । यसरी पानी पनि खान नदिने घरमा अचानक कुनै संकट आउछ ।

विरुवाको हेरचाह नगर्नेः कसैको बानी घरमा विरुवा रोप्ने तर हेरचाह नगर्ने हुन्छ । घरका विरुवा परिवारका सदस्य जस्तै हुन्छन्, विरुवालाई माया र हेरचाचहको आवश्यकता पर्छ । विरुवामा बिहानै उचित मात्रामा पानी दिदा सुयर्, बुध र चन्द्रमा सम्बन्धि दुख हट्छ । तनावमुक्त जीवन प्राप्त हुन्छ ।

चप्पल जताततै फाल्नेः केही मानिसहरु चप्पल वा जुत्ता यता उता राख्छन,् भाडाँकुडा पनि फाल्छन् । यसरी फाल्नेको शनि खराब हुन्छ र उनलाई शत्रुले धेरै दुख दिनछन् । प्रतिष्ठामा असर पर्छ ।

ओछ्यान ओछ्याइरहनुः कोही व्यक्तिले सुतेर उठेपनि ओछ्यान ओछ्याइरहेका हुन्छन् । फेरी त्यहि ओछ्यानमा राति सुत्छन् । यस्तो आदत त्याग्नु पर्छ । यस्तो गर्दा शनि र राहु खराब हुन्छ ।

खुट्टा गन्ह्राउनुः हाम्रो अंग मध्ये सबैभन्दा धेरै काम खुट्टाको हुन्छ । तर धेरै मानिसहरुले आफ्नो खुट्टाको सरसफाई र स्वस्थ्य राख्नमा अलिकति पनि ध्यान दिएका हुँदैनन । खुट्टाको सरसफाई नगरेमा केतुमा खराब उत्पन्न हुन्छ । गम्भीर रोग घरका सदस्यमा लाग्नेछ, चिडचिडापन बढ्नेछ र दिमाग पनि खराब हुन्छ ।

खाली हात घर फर्कने आदतः मानिसहरु अफिसबाट घरमा आउदा दैनिक खाली हात फर्कन्छन् । घरमा बस्ने आमा, बहिनी, पत्नी वा बच्चाको लागि वा घरको लागि केही न केही जरुर ल्याउनु पर्छ । यसबाट घरका मानिसको मन प्रसन्न हुने भएकोले घरमा लक्ष्मीको वास हुन्छ । यसो गरिएन भने शुक्र र गुरुको शुभ असर प्राप्त हुँदैन ।

थालमा जुठो खाना छाड्ने आदतः कोही मानिसको आदत थालमा केही न केही खाना छाड्ने हुन्छ । यसो गर्दा घरमा धनको लक्ष्मीको कमी हुन्छ । यसले घरमा सबै ग्रह खराब हुनेको खतरा पनि बढ्छ । थालमा जति खान सकिन्छ त्यतिमात्र लिनु जरुरी हुन्छ । धार्मिक ग्रन्थअनुसार



प्रतिक्रिया दिनुहोस्