Logo

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त



काठमाडौं, ३० भदौ । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी नियुक्त गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।

यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो । Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्