Logo

कुलमान घिसिङको कार्यकाल ऐतिहाँसिक र सफल रह्यो, सरकारले फेरि पनि नियुक्त गर्नसक्छ : शाही (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरण ट्रेड यूनियनका उप संयोजक खगेन्द्र शाहीले कुलमान घिसिङको चार वर्षे कार्यकाल अत्यन्तै सफल र ऐतिहासिक रहेको स्पष्ट पारेका छन् ।  हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहीले यस्तो बताएका हुन् । उनले कुलमान कार्यकारी निर्देशको भूमिकामा आएसँगै प्राधिकरण नाफामा गएको, सवल र सक्षम संस्थाको रुपमा विकास भएको लगायत राम्रा पक्ष सुनाए ।

उनले भने,”हिजो हाम्रो संस्थाप्रति हेर्ने दृष्टिकोण फरक थियो, त्यसलाई कुलमान सर आएपछि बदल्नुभयो । सरकारी संस्थानले पनि आशाको दियो जगाउनुभयो । कुलमान सरको कार्यकाल ऐतिहासिक र सफल रह्यो ।” उनले सरकारले कुलमानलाई फेरि पनि नियुक्त गर्नसक्ने विश्वास व्यक्त गरे । यद्धपी उनले कुलमानलाई देवत्वकरण गरेकोमा भने आफू सहमत नभएको जिकिर गरे । कुलमान सरलाई तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले खोजेर क्यापेवल मान्छे खोजेर ल्याउनुभएको हो । त्यतिवेला प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले स्विकृति दिनुभयो । हामी कर्मचरीहरु रातदिन खट्यौं । यसरी आज उज्यालो नेपाल सम्भव भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्