Logo

अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं, ३१ भदौ । कोरोनाको संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सामान्य तथा स्थिर रहेको छ । कोइरालाका स्वकिय सचिव भरत तिवारीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोइरालालाई हिजो साँझ ज्वरो आएपछि ॐ अस्पतालमा भर्ना गरिएको थियो । सामाजिक सञ्जाल फेशबुकमार्फत तिवारीले यस्तो जानकारी गराएका हुन् ।

उनले लेखेका छन्,”कोरोना संक्रमित रहनु भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला लाई हिजो साझ ज्वरो आए पछि ॐ अस्पतालमा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य तथा स्थिर रहेको जानकारी गराउदछु ।” file photo



प्रतिक्रिया दिनुहोस्