Logo

‘क्षेत्रीय एकता एक मात्र विकल्प’



काठमाडौँ, १ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न चुनौती सामना गर्न क्षेत्रीय एकता एक मात्र विकल्प भएको सार्कका अर्थमन्त्रीहरूले बताउनुभएको छ । यो बैठक एसियाली विकास बैङ्कको ५३औँ वार्षिक बैठकको पूर्वतयारीका रूपमा बसेको हो ।

कोभिड–१९ र दक्षिण एसियाली अर्थव्यवस्था तथा सार्कअन्तर्गत औपचारिक संयन्त्रको सक्रियताको आवश्यकता विषयमा सार्कका अर्थमन्त्रीहरूको बुधबार भर्चुअल रूपमा बसेको १५औँ अनौपचारिक बैठकमा उहाँहरूले एकताबद्ध रहेर आर्थिक र सामाजिक चुनौती सामना गर्न सकिने बताउनुभएको हो ।

बैठक नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको थियो । बैठकमा बोल्दै मन्त्री ज्ञवालीले महामारीका क्रममा आउन सक्ने ठूला चुनौती सङ्केत गर्दै त्यसको सामना गर्न एकताबद्ध प्रयास हुनुपर्नेमा जोड दिनुभयो । महामारीको लडाइँका क्रममा यसका नकारात्मक प्रभाव अर्थव्यवस्थाका महìवपूर्ण क्षेत्रमा पर्ने भएकाले त्यसको समाधानमा सार्क मुलुक जुट्न उहाँले ध्या९नाकर्षण गराउनुभयो ।

उहाँले सो बैठकसँगै पूर्वतयारी साइड बैठकका रूपमा एसियाली विकास बैङ्क एडीबीको ५३औँ वार्षिक बैठक पनि भर्चुअल तवरमा गर्नका लागि उत्कृष्ट व्यवस्थापन गरिएकोमा सराहना गर्नुभयो । सार्कका महासचिव एसाला रुवान विराकुनले कोभिड–१९ र दक्षिण एसियाली अर्थव्यवस्थाका विषयमा धारणा राख्दै सार्क मुलुकका अर्थव्यवस्थाको महामारीको प्रतिकूल प्रभाव र त्यससँग सम्झौता गर्न सकिने उपायको आवश्यकता बारेमा चर्चा गर्नुभयो । यस्तो अवस्थामा सामूहिक कार्यको महìवलाई जोड दिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

सार्क कोभिड–१९ आपत्कालीन कोष स्थापना गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र सार्क नेतृत्वको सहमतिबाट प्रतिकूल असरको सम्बोधन गर्नका लिइएको तत्काल प्रतिक्रियाको प्रशंसा उहाँले गर्नुभयो । सबै देशले आफ्ना स्वेच्छाले योगदान गरेको स्पष्ट गर्दै उहाँले अझै सक्रिय र हस्तक्षेपकारी उपाय अपनाउन जरुरी रहेको औँल्याउनुभयो ।
एडीबीका उपाध्यक्ष शिसिन चेनले एडीबी र सार्कबीचको सहयोगको आवश्यकताका साथै एडीबीले यस क्षेत्रका लागि पहिल्यै गरिसकेका पहल र वित्तीय प्रतिबद्धताका बारेमा जानकारी गराउनुभयो । उहाँले कोभिड–१९ र यसका नकारात्मक असर विश्लेषण गरेर सार्क क्षेत्रका जनताको आर्थिक विकास र समृद्धिका लागि सार्कसँगको सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

सार्क क्षेत्रका अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले बैठकमा कोभिडको प्रभाव कम गर्ने तथा हरेक मुलुकले प्राप्त गरेका आर्थिक प्रगतिको वर्तमान स्थितिलाई सुधार्ने विषयमा अपनाइएको उपायका बारेमा सार्कका महासचिव विराकुनलाई जानकारी गराउनुभयो । एडीबीले सार्क क्षेत्रको आर्थिक वृद्धिका लागि गरेको योगदानको सराहना मन्त्रीहरूले गर्नुभयो । साथै उहाँहरूले सार्कबाट यस क्षेत्रका मानिसको हितका लागि पूर्ण सम्भावना र प्रगतिका लागि थप आशा व्यक्त गर्नुभएको थियो ।

वरिष्ठ अर्थशास्त्री तथा एडीबीका आर्थिक अनुसन्धान र क्षेत्रीय सहयोग विभागका महानिर्देशक याशुकी सवाडाले यस बैठकको महìवपूर्ण विषय कोभिड–१९ र दक्षिण एसियाली अर्थ व्यवस्थाका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा वर्तमान अवस्थामा सार्क क्षेत्रका चुनौती र अवसरसँगै अर्थव्यवस्थामा सम्भावित प्रभावका बारेमा उहाँले आफ्नो धारणा र तथ्य विश्लेषण गर्नुभएको सार्क सचिवालयले जनाएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्