काठमाडौं, १ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले झापा विद्रोह, जनयुद्ध, मधेश विद्रोह, इत्यादी राजनीतिक क्रान्ति हुने तर थारु विद्रोह अपराध हुने भनी प्रश्न गरेका छन् । उनले आज विहान ट्वीट गर्दै सांसद रेशम चौधरीको रिहाईको माग गर्दै यस्तो प्रश्न गरेका हुन् ।
आफै नेतृत्वमा रहँदा भएको जनयुद्ध समेत जोडेर उनले रेशम चौधरीको रिहाईको माग गरेका हुन् । चुनाव हारेकालाई संविधानको मर्म विपरित जस्केलाबाट छिराएर सांसद बनाउने भनी प्रश्न समेत गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, अत्यधिक जनमतले जितेका रेशम चौधरीलाई जेलमा कोचि राख्ने यो कस्तो न्याय लोकतन्त्र हो ? विमान अपहरण, झापा विद्रोह, जनयुद्ध, मधेश विद्रोह, इ. राजनीतिक क्रान्ति हुने तर थारु विद्रोह अपराध ?
जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले टीकापुरमा भएको हिंसात्मक घटनाका अभियुक्त रेशम चौधरीको रिहाईको माग गर्दै आएका छन् । चौधरी विगत दुई वर्षभन्दा बढी समययता थुनामा छन् । टीकापुर घटनामा एसएसपीसहित प्रहरीहरुको विभत्स हत्या भएको थियो । उक्त हत्याकाण्डलाई अन्य हिंसात्मक घटनासँग जोडेर बाबुरामले टिप्पणी गर्दै आएका छन् ।
बाबुरामले ट्वीटरमा लेखेका छन्ः चुनाव हारेकालाई संविधानको मर्म विपरित जस्केलाबाट छिराएर सांसद (+मन्त्री?)बनाउने तर अत्यधिक जनमतले जितेका रेशम चौधरीलाई जेलमा कोचिराख्ने यो कस्तो न्याय/लोकतन्त्र हो?विमान अपहरण,झापा विद्रोह,जनयुद्ध,मधेस विद्रोह इ.राजनीतिक क्रान्ति हुने तर थारू विद्रोह अपराध ?-फाइल तस्विरः मुकुन्द कालिकोटे